+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना आउदैँ गरेको बस धादिङमा दुर्घटना : २ को मृत्यु, २४ घाईते

4KNationalDaily
२०७६ बैशाख ८, आईतवार १८:१० बजे

धादिङ– धादिङमा यात्रुवाह बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अर्न्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –३ सलाङघाटमा काठमाडौंबाट मनकामना दर्शनका लागि आउदैँ गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेको हो।

दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।

हरिवंशको घटनास्थलमै मृत्यु भएको हो भने पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनामा घाईतेहरु मध्य सामान्य घाइते १६ जनाको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ । यस्तै सख्त घाइते ८ जनाको थप उपचारार्थ राजधानी पठाइएका प्रहरीले जनाएको छ । उक्त बसमा ३० जना भन्दा बढी यात्रु रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily