गाेरखा- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भएको करिब एक वर्पपछि जिल्ला नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसको सचिवालयको बैठकले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो।
तत्कालीन एमाले वा नेकपा माओवादी केन्द्रका अध्यक्षहरु अध्यक्ष वा सचिव मध्ये एक पदमा स्थानान्तरण हुने गरी एकता हुने निर्णय सचिवालय बैठकले निर्णय गरेसँगै यो विषय पनि किनारा लागेको हो।
बैठकले गोरखा जिल्लाकाे अध्यक्षमा लेखबहादुर थापा र सचिवमा प्रेम गुरुङलाई चयन गरेको छ । थापा तत्कालीन माओवादीका जिल्ला अध्यक्ष थिए भने गुरुङ तत्कालीन एमालेका जिल्ला अध्यक्ष थिए ।
साथै अध्यक्ष थापा अहिले गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री पनि हुन् । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।
जनवर्गीय संगठनको भने एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन। यसैगरी स्थानीय तहको नेतृत्व टुंगो लाग्न बाँकी छ।
यी हुन् नेकपाका जिल्ला नेतृत्व
प्रतिक्रिया