+
Search

ताजा अपडेट +

पपुलर +

वडा अध्यक्षले गरे आफ्नो सबै तलब भत्ता सामाजिक कार्यमा खर्च

4KNationalDaily
२०७६ बैशाख १२, बिहीबार २१:०२ बजे

गाेरखा- शहिद लखन गाउँपालिका -७ बुङ्कोटका वडा अध्यक्ष शरण श्रेष्ठले आफ्नो अहिलेसम्मको तलब भत्ता सामाजिक कार्यमा खर्च गरेका छन् ।

निर्वाचित भएदेखि अहिलेसम्म (२१ महिना) को तीन लाख ७८ हजार पारिश्रमिक र ८० हजार रुपैयाँ भत्ता उनले विभिन्न सामाजिक कार्यमा खर्च गरेका हुन् ।

जस अन्तर्गत वडा कार्यालय भित्र रहेका पाँच वटा विद्यालयलाई २०७६ को शैक्षिक सत्रका लागि (बाल कक्षा देखि ५ सम्म) अंग्रेजी माध्यामको सबै पाठ्यपुस्तक निशुल्क उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए ।

कक्षा १ देखि ५ सम्म यस शैक्षिक सत्रदेखि गाउँपालिकाको समन्वयमा अंग्रेजी माध्यामबाट पठनपाठन गराउने निर्णय गरे अनुसार सो कामको थालनी गरेको उनले बताए ।

त्यस्तै उनले गोरखाको शहिद लखन गाउँपालिका -७ का तीन सन्तान नै अपाङ्ग भएका धनबहादुर श्रेष्ठको घर निर्माणमा नगद ७५ हजार सहयोग गरेका थिए । उनले केही समय अगाडि बारा पर्सामा हावाहुरीबाट पीडित भएकाहरुका लागि गोरखा जेसिज मार्फत १५ हजार सहयोग गरेका थिए ।

अध्यक्ष श्रेष्ठले गाउँपालिका भित्रका विभिन्न मन्दिर निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रमा र असाहयहरुलाई सहयोग गर्दै आइरहेका छन् । आगमी दिनमा पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै जाने र खर्चको जानकारी प्रेस विज्ञप्तिमार्फत दिने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily