+
Search

ताजा अपडेट +

पपुलर +

भुकम्प पश्चात निजि आबास पुन: निर्माणमा बारपाक सुलिकोट गाउँपालिका अग्र स्थानमा

4KNationalDaily
२०७६ बैशाख १२, बिहीबार २१:२६ बजे

गाेरखा- विशानकारी भुकम्प पश्चात निजि आबास पुन: निर्माण अग्रस्थानमा अाएकाे भन्दै पुर्न निर्माण प्राधिकरणले जिल्लाकाे वारपाक-सुलिकाेट गाउँपालिकालार्इ सम्मान गरेकाे छ ।

२०७२ साल बैशाख १२ गते गएकाे विशानकारी भुकम्प पश्चात निजि आबास पुन: निर्माणमा बारपाक सुलिकोट गाउँपालिका अग्र स्थानमा अाएकाे भन्दै सम्मान गरेकाे हाे ।

गोरखा भूकम्पको चौथो स्मृति सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गाउँपालिका उपाध्यक्ष सन माया गुरुङलाई कदर पत्र प्रदान  गरेका हुन् । जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको भन्दै सम्मान गरिएकाे हाे ।

बारपाक सुलीकोट गाउँपालिकामा सात हजार २०० लाभग्राहीको सूचीमा परेकाेमा ६ हजार १५० को घर निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै लाभग्राहीमा परेकामध्ये १८० को नाम प्रवलीकरणको सूचीमा परेको थियो ।

जसमध्ये ३६ लाभग्राहीले मात्र घर प्रवलीकरणको काम सम्पन्न गरेका छन् । प्रवलीकरणको सूचीमा परेका लाभग्राहीले पूर्ण क्षतिमा पर्नुपर्ने भन्दै गुनासो दर्ता गरेका प्रवलीकरणमा परेकाको घर पुनःनिर्माण छिटो हुन सकेकाे छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily