+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा गाेरखा : नाै स्थानिय तहकाे भयाे संगठनिक एकता, गाेरखा र पालुङटारमा विवाद कायमै

4KNationalDaily
२०७६ बैशाख १४, शनिबार ००:२५ बजे

गाेरखा-  चैत्र भित्रमा गाउँपालिका स्तरीय संगठनिक एकता टुंगाउने घाेषणा गरेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाेरखाले जिल्लाका ९ वटा स्थानिय तहकाे एकता गरेकाे  छ। २ नगरपालिका बाहेकका स्थानिय तहमा भागबन्डाका अाधारमा संगठनिक एकता टुंगाएकाे हाे ।

११ स्थानिय तह रहेकाे जिल्लामा ९ गाउँपालिकाकाे एकता भइसकेकाे र बाँकी २ नगरपालिकामा पनि केहि दिनमा नै सक्ने याेजना रहेकाे जिल्ला स्तरका एक नेताले बताए ।

ति नेताका अनुसार गाेरखा नगरपालिका र पालुङटार नगरपालिकामा अाकांक्षी धेरै भएकाले एकतामा ढिलाइ भएकाे हाे ।  गाेरखा नगरपालिकामा तत्कालिन एमालेले अाफ्नाे नेतृत्व हुने पर्ने माग राखेकाे छ भने माअाेवादीले जिल्लाका सबै स्थानिय तहभन्दा पनि गाेरखा नगरपालिकामा अाफ्नाे नेतृत्व हुनुपर्ने माग राखेकाे छ ।

कुन स्थानिय तहमा कसले पाए नेतृत्व

लामाे समयकाे विवादपछि जिल्लामा एमालेभन्दा बढि बलियाे रहेकाे माअाेवादीले जिल्लाका सातवटा स्थानिय तह र बाँकी चार स्थानिय तहमा एमालेलार्इ नेतृत्व हुने गरी एकता भएकाे हाे ।

जिल्लाकाे अारुघाट, सहिद लखन, सिरानचोक गाउँपालिकाले तत्कालिन एमालेले अध्यक्ष पाएकाे छ । अारूघाटमा नारायण ध्वज खड्का, सहिद लखनमा मनोज जोसि, सिरानचोकमा देवराज श्रेष्ठ अध्यक्ष भएका छन् ।

तत्कालिन माअाेवादीबाट अजिरकाेटमा सनिल विक, भिमसेनमा सुजन पाण्डे र बारपाक सुलिकोटमा सुजन गुरुङ्ग, गण्डकीमा सिताराम रसाइलि, चुमन्रव्रीमा कुमारि गुरुङ्ग र धार्चेमा लक्षमण गुरुङ अध्यक्ष भएका छन् ।

सचिवमा एमालेका तर्फबाट चुमन्रव्रीमा राजु गुरुङ्ग, धार्चेमा शेर बहादुर गुरुङ्ग, गण्डकीमा लेवेन्द्र गुरुङ्ग, अजिरकोटमा सन बहादुर तमाङ्ग , भिमसेनमा साधुराम थापा र बारपाक सुलिकोटमा रोशन विक चयन भएका छन् ।

त्यस्तै माअाेवादीका तर्फबाट अारूघाटमा श्याम कुमार श्रेष्ठ, सहिद लखनमा धुर्व खनाल र सिरानचाेकमा सित्तल पोखरेल चयन भएका छन्  । एकता भएको करिब एक वर्पपछि जिल्ला नेतृत्वको गत मंगलबार टुंगो लगाएको थियाे ।

जिल्लाकाे अध्यक्षमा लेखबहादुर थापा र सचिवमा प्रेम गुरुङलाई चयन गरेको छ । थापा तत्कालीन माओवादीका जिल्ला अध्यक्ष थिए भने गुरुङ तत्कालीन एमालेका जिल्ला अध्यक्ष थिए । साथै अध्यक्ष थापा अहिले गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily