काठमाडौं- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ ।
दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।
वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए ।
नयाँ शक्तिका एक नेताका अनुसार आगामी बैसाख २३ गतेका लागि एकता घाेषणा हुनसक्ने बताए। बैसाख २१ मा दुवै दलकाे केन्द्रीय समिति बैठकमा एकता सम्बन्धी प्रस्ताव लैजाने र छलफलपछि पारित गरिने उनले बताए। साेपश्चात् एकताकाे लागि बाटाे खुल्नेछ।
प्रतिक्रिया