काठमाडौं- संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बताएका छन्।
दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ । मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो।
दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो। सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् ।
‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ । समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझाव अनुसार संविधान संशोधन गरेर १०+१ प्रदेश बनाउनुपर्ने बताएको छ ।
को-को भए समाजवादी पार्टीका पदाधिकारी ?
सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो । पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् । महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।
उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।
यस्ताे छ नौबेँदे सहमति पत्र
प्रतिक्रिया