काठमाडौं- नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दोकान थापेर थोत्रा माल बेच्न आएका होइनौँ भन्दै नेकपालाई निभ्ने बेलाको बत्तीको संज्ञा दिए ।
यो एकतालाई पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता भएको दाबी समेत गरे । सोमवार काठमाडौंमा आयोजित पार्टी घोषणासभामा उनले एकल जातीय राष्ट्रवादविरुद्ध संघीय ढाँचाको राष्ट्रिय एकता भएको दाबी गरे ।
‘इतिहासमा ठूलाठूला आन्दोलन गरेका क्रान्तिकारीहरूको एकता भएको छ । झापा विद्रोह, पञ्चायती कालखण्ड, कांग्रेस, माओवादी आन्दोलनका प्रगतिशील, क्रान्तिकारीहरूको एकता धेरै देखियो ।’ उनले भने ।
प्रतिक्रिया