+
Search

ताजा अपडेट +

पपुलर +

१६औं सवालाख रोट महोत्सव ४ जेष्ठ देखी, महोत्सवमा यसरी सहभागी हुन सकिन्छ

4KNationalDaily
२०७६ बैशाख २७, शुक्रबार २०:४८ बजे

गोरख- १६औं सवालाख रोट महोत्सव जेष्ठ ४ देखी हुने भएकाे छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा विगत १५ वर्ष देखि निरन्तर सवालाख रोट महोत्सव गर्दै आएको सिद्धाश्रम शक्ति केन्द्रले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि सो महोत्सव हुने जानकारी दिएको हो ।

केन्द्रका संयोजक किशोरकुमार अकेलाले यस वर्ष पनि बैशाखी पुर्णिमाबाट रोट महोत्सव गर्न लागेको बताए । ११ दिन सम्म चल्ने महोत्सव आगामी जेठ ४ गते बाट सुरु हुने केन्द्रले जनाएको छ ।

उनले भने ‘गुरु गोरखनाथको प्रिय खाद्य वस्तु सवालाख रोट चढाएर उहाँको भजन किर्तनसहित महोत्सवको १३ औ सस्करण सुरु गर्ने तयारीमा जुटेका छौ ’ गुरु गोरखनाथलाई सबैभन्दा मनपर्ने खाद्यबस्तु रोट चढाए पछि उहाँ खुशी हुने र देशमा आउने विध्नबाधा अन्त्य हुने धार्मिक विश्वास छ ।

गोरखा र आसपासमा हरेक मौसममा नयाँ अन्नवाली भित्र्याउने वित्तिकै वर्षमा दुई पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाएर मात्र खाने चलन छ ।

जेठ ४ गते शोभायात्रासहित गोरखा सदरमुकामबाट गुरु गोरखनाथको रथ बोकेर गुफा सम्म लगिने र ११ दिनसम्म हरेक दिन एक लाख रोट गोरखानाथ बाबालाई चढाईने केन्द्रले जनाएकाे छ। ११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रवन्ध समेत आयोजकले मिलाएको छ ।

रोट महोत्सवमा हरेक दिन साधक साधिकहरुबाट धार्मिक प्रवचन तथा भजनकिर्तन समेत हुने केन्द्रले जनाएकाे छ । महोत्सवमा नेपालको विभिन्न जिल्ला र भारतबाट पनि ठुलो संख्या भक्तजनहरु आउने गर्छन् ।

रोट महोत्सवमा कसरी सहभागी हुने त ?

स्वदेशमा रहेका श्रादालु भत्तजनले रोट महोत्सवमा सहभागी हुनका लागि तनहुको आँबुखैरेनीबाट २४ किलो मिटर सडक यात्रा पार गरे पछि गोरखा आउन सकिन्छ । मुग्लिन देखी ८ किलो मिटर दुरीमा रहेको आँबुखैरेनीबाट कुनै पनि साधनमा आउदा ३० मिनेट देखी १ घण्टामा गोरखा सदरमुकाम आउन सक्नु हुने छ ।

पूर्व पश्चिम राजमार्ग प्रयोग गर्नेहरुले चितवनको नारायणगढ बाट सिधै गोरखाको लागि सवारी साधान पाउने छ ।

गोरखा सदरमुकाम आए पछि हिडेर जादा १ घण्टामा पुग्न सकिन्छ भने सवारी साधानमा जादा १५ मिनेटमा नै गोरखनाथ गुफा पुग्न सकिन्छ । भने सवारी साधन प्रयोगगर्नेहरुले पुरानो बसपार्कमा निजी सवारी साधन वा माइक्रो बस वा ठुलो बस समेत प्रयोग गर्न सकिन्छ । यदी तपाई अझै पनि अलमलमा हुनु हुन्छ भने संयोजक किशोरकुमार अकेलालाई ९८४१७६३१८६ नम्बरमा सम्र्पक राख्न सक्नु हुने छ ।

सिद्वाश्रम शक्ति केन्द्र गोरखाले गोरखा दरर्बार छेवैमा रहेको केन्द्रको आश्रममा निशुल्क खाना तथा आवासका ब्यवस्था गरेको छ । त्यसै कारण पनि उत्त कार्यक्रममा आउनु हुने जो कोहीले पनि खाना खान र आवासको लागि चिन्ता लिनु पर्ने देखिदैन ।

महोत्सवमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली तथा विदेशी सबैले आर्थिक एवं अन्य सहयोग गर्न सक्ने सिद्वाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवमा गएको बर्ष १ लाख भन्दा बढी श्रद्वालुहरुले सहभागिता जनाएको अनुमान गरीएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily