+
Search

ताजा अपडेट +

पपुलर +

प्रदिपराज वन्तको संयोजकत्वमा ‘गोरखा पत्रकार मञ्च’ गठन

4KNationalDaily
२०७६ बैशाख २८, शनिबार २०:५२ बजे

काठमाडाैं-  काठमाडौंमा कार्यरत रही पत्रकारिता गर्ने गोरखाका पत्रकारहरूको पहलमा ‘गोरखा पत्रकार मञ्च’ गठन भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

प्रदिपराज वन्तको संयोजकत्वमा बैठकले समिति गठन गरेको हो । बैठकले रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याललाई सल्लाहकार तोकेको छ ।

समितिको सदस्यमा सोविता रिसाल, विनोद ढकाल, मञ्जिमा ढकाल, सुवास भट्ट, टुना भट्ट, जापान गुरुङ, देवराज गुरुङलगायत छन् ।

विभिन्न स्थानमा रहेर पत्रकारिता गर्ने गोरखाका पत्रकारको साझा संस्थाका रुपमा मञ्चलाई विकसित गरिने संयोजक वन्तले बताए । भेलाले एक महीनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily