+
Search

ताजा अपडेट +

पपुलर +

उचित स्थानमा पुनर्बास तथा पुर्नस्थापना गर्न माग गर्दै बुझाए गाेरखाका सिडियाेलाइ ज्ञापन पत्र

4KNationalDaily
२०७६ जेष्ठ ७, मंगलवार १९:०५ बजे

गोरखा-  बुढिगण्डकी जलबिधुत आयोजनाबाट पुर्णरुपमा बिस्थापितहरूले उचित स्थानमा पुनर्बास तथा पुर्नस्थापना गर्न माग गरेका छन् ।

जिल्लाकाे भिमसेन थापा गाउपालिका वडा नं ८ घाटवेसीका करिव २०० घरधुरीका लागि पुनर्बास तथा पुर्नस्थापनाका लागी उनीहरूले गाेरखाका प्रमुख जिल्ला अधिकारी समझ ज्ञापन पत्र बुझाएका हुन् ।

साविक बोर्लाङ ३ को जग्गा जिल्ला मालपोत कार्यलयबाट रोक्का भएकोले उक्त स्थानमा न्युनतम आधारभुत आवश्यकताहरुको पनी अभाव रहेका कारण हाम्रो पहिलेकै माग अनुसार साविक बोर्लार्ङ वडा नं ७ महादेवटारको टाँडाविसौना, टाउकेस्वाँरा लगायताका स्थानमा पुनर्बास तथा पुर्नस्थापना गर्न वडा नं ८ का अध्यक्ष बासु थापा लगायत स्थानियले जिप्रकामा गोरखामा ज्ञापन पत्र बुझाएका हुन् ।

माग पत्र सहित स्थानियवासीको भेलाले गरेको निर्णय प्रति समेत प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका छन । यस प्रकारको शान्तिपुर्ण मागको सम्वन्धित निकायले उचित संबोधन गर्ने कुरामा स्थानियवासी विस्वस्त छन ।

घ्याल्चोकमा रहेको आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले वैशाख २० गते मालपोत कार्यालयलाई पत्र काट्दै ५ ठाउँको जग्गा रोक्का गर्न भनेको हो ।

गोरखातर्फ आरुचनौटे ३ र ४ वडाको ५७, नामजुङ १ र दुइ वडाको ३२, धावा–६ को १ सय ११, वोर्लाङ ३, ९ र ८ को ६ सय २४ तथा दर्वुङ–५ को ९६ कित्ताको जग्गा रोक्का गर्न भनिएको छ ।

डुवान क्षेत्रका वासीन्दाहरुको पुनर्वास गराउने एवं अन्य सामाजिक, धार्मिक, सांस्कृतिक संरचनाहरुको पुनस्थापना प्रयोजनका लागी अधिग्रहण गर्नुपर्ने देखिएको जग्गा खरिद विक्रिमा रोक्का गर्ने ब्यहोराको पत्र मालपोतलाई पठाइएको छ । इकाइले पत्राचार गरेपछि तत्कालका लागि सुचना जारी गरि खरिद विक्रि रोक्का गरेको जिल्ला मालपोत अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।

१२ सय मेगावाटको जलाशययुक्त आयोजनाबाट धादिङको १३ र गोरखाको १४ साविका गाविसका स्थानीयहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।

मागपत्र

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily