काठमाडाैं- सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ‘प्रतिज्ञा प्रेमको’ भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन ।
दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधै सफल हुने कुरा लाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।
मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ‘प्रतिज्ञा प्रेमकाे’ गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ ।
भिडियाे
प्रतिक्रिया