+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेका ३ सय घरधुरी भूकम्प पछि अन्धकारमा

4KNationalDaily
२०७६ जेष्ठ १०, शुक्रबार ००:०० बजे

गाेरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका ३०० घरधुरीले भूकम्प यता बिजुली बाल्न पाएका छैनन् ।

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले स्थानीय भुतखोला लघु जलविद्युत आयोजना भत्काएपछि सो क्षेत्रका स्थानीय अहिलेसम्म अन्धकारमा बस्न बाध्य हुन् । ‘एउटा माइक्रो हाइड्रो थियो, त्यो पनि भूकम्पले भत्काइहाल्यो’ स्थानीय केमी गुरुङले भने ‘हामी त अन्धकारमै बस्न बाध्य छौं ।’

२५ किलोवाट क्षमताको उक्त आयोजना अहिलेसम्म पुर्ननिर्माण हुन नसक्दा माछाखोला, खानीबेसी, लप्सिबोट लगायतका झण्डै ३०० घरधुरी स्थानीयले बिजुली बाल्न नपाएका हुन् । बिद्युत नभएपछि त्यहाँका स्थानीयलाई विभिन्न संघसस्थाले सोलार वितरण गरेका थिए । तर अहिले अधिकाशंको घरमा सोलार बिग्रिसेको छ ।

‘एनजिओहरुले दिनुभएको थियो, तर त्यो पनि बिग्रियो’ गुरुङले भने ‘सक्नेले सोलार किनेर बालेका छन्, नसक्ने त टुकीकै भरमा बस्नु परेको छ ।’ विद्युत सेवा नहुँदा स्थानीयको जनजिवन प्रभावित भएको छ । उनीहरुले अन्नपात कुटानीपिसानी गर्न, रातको समयमा बत्ती बाल्ने, मोबाइल चार्ज गर्न तथा रेडियो टेलिभिजन सुन्न÷हेर्न पाएका छैनन् ।

उक्त क्षेत्रमा विद्युत नहुँदा गाउँपालिकालाई समेत कार्य सम्पादनमा समस्या भएको छ । ‘गाउँपालिकाको केन्द्रमै विजुली छैन्, डिएफआइडीले एउटा सोलार दिएको थियो त्यसले पनि राम्रोसँग काम गर्दैन’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘जसले गर्दा काम गर्न निकै समस्या भएको छ ।’

भूकम्पले भत्काएको भूतखोला लघु जलविद्युत आयोजना पुर्ननिर्माण नहुने भएपछि राष्ट्रिय प्रशारण लाइनको जडानका लागि गाउँपालिकाले पहल गरेपनि हालसम्म काम सुरु हुन सकेको छैन । ‘उर्जामन्त्री आफै आएर एक वर्ष भित्र धार्चेमा राष्ट्रिय प्रशारणको विद्युत जोडिन्छ भन्नु भएको थियो’ उनले भने ‘तर अहिलेसम्म काम सुरु भएको छैन ।’

उर्जा मन्त्री वर्षामान पुनले गत वर्ष (२०७५) बैशाख १२ गते भूकम्प स्मृती दिवशका दिन उक्त गाउँपालिकाको वडा नम्बर ४ लाप्राकमा आयोजित कार्यक्रममा एक वर्ष भित्र धार्चे गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुरुप २ करोड रुपैयाँ बजेट समेत बिनियोजन भएको छ ।

तर अहिलेसम्म काम सुरु भएको छैन । ‘भर्खरै टेण्डर भएको छ, अब काम सुरु हुन्छ’ विद्युत वितरण केन्द्र आरुघाटका प्रमुख निरज पौडेलले भने ‘आशा गरौं अब छिट्टै उहाँहरुले बक्ति बाल्न पाउनुहुनेछ ।’ आरुघाट गाउँपालिकाको खुसार्नीबारीबाट माछाखोला हँुदै गुम्दासम्म उक्त लाइन बिस्तार हुने उनको भनाई छ ।

गोरखाको धार्चे र चुमनुब्रीमा अहिलेसम्म राष्टिूय प्रशारण लाइन पुग्न सकेको छैन् । भूकम्पले भत्काएका धेरै लघुजलविद्युत पुर्ननिर्माण हुन नसक्दा सो क्षेत्रका स्थानीयले विद्युत सेवा उपयोग गर्न पाएका छैनन् । भौगोलिक रुपमा बिकट र छरिएका बस्तीहरु रहेकाले केन्द्रिय प्रशारण लाइन बिस्तार पनि निकै खर्चिलो रहेको विज्ञहरु बताउँछन् ।

नरेन्द्र ढकाल/गाेरखासमाचारबाट

र याे पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily