गोरखा- जिल्लाकाे सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित बिरालेझ्याङ नजिक चिउरी भिरमा ट्रीपर दुर्घटनामा परेकाे छ । शनिबार राती करिब १० बजे तिर गाेरखा-१२ किलाे-बारपाक सडकखण्डमा बा ५ ख १९८२ नम्बरको ट्रीपर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ट्रिपर चालक सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपरका सहचालक भने वेपत्ता छन् । उनको नाम ठेगाना खुलेको छैन । ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।
ट्रिपर सडकबाट करिब ४ मिटर तल खोला थियाे । सहचालककाे थप खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया