+
Search

ताजा अपडेट +

पपुलर +

चतुर्मालाले मनायो ६३औं स्थापना दिवस

4KNationalDaily
२०७६ जेष्ठ १५, बुधबार १२:२७ बजे

गाेरखा-  चतुर्माला माध्यमिक बिद्यालयले ६३औं स्थापना दिवस मनाएको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ५ मुच्चोक अवस्थित चतुर्मालाले अन्तर सदनात्मक लोक नृत्य प्रतियोगिता, पुरस्कार वितरण, खुला नृत्यहरु एवम् विविध कार्यक्रमहरु स्मथापना दिवस मनाएकाे हाे ।

गाउपालिका शिक्षा शाखा प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि सिताराम पन्तले विद्यालयको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै शिक्षा नियमावली संसोधन भएर आएपछि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुने बताए ।

संघ, प्रदेश र स्थानीय निकायविच अधिकारको अन्यौलता अझै रहेको र संघ र प्रदेशले शिक्षा नियमावली जारी नगरुन्जेल काम गर्न असजिलो भएको भन्दै उनले कतिपय विषयमा ‘कन्फ्युजन’ भएकोले काम गर्न अन्यौल भएको भए स्विकार गरे ।

विद्यालयहरुमा कारर्यक्रम हुदा आधुनिक पाश्चात्य गितहरु भन्दा पनि लोक गीत र नृत्यलाई प्राथमिकता दिनु पर्ने, हाम्रा मौलिकता र सस्कृती जोगाउनु पर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर  विकले विद्यालयको शैक्षिक, भौतिक, तथा आर्थिक अवस्थाबारे प्रष्ट पारेका थिए । शिक्षक वासुदेव देवकोटाले विद्यालयको ऐतिहासिक अवस्था बारे बताउदै शुभकामना मन्तव्य राख्नु राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकान्त देवकोटाको अध्यक्षता तथा पन्तको प्रमुख आतिथ्यता, वडा अध्यक्ष झल प्रसाद देवकोटाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यार्थीहरुको  कार्यक्रममा उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily