+
Search

ताजा अपडेट +

पपुलर +

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड अाजदेखि १४ दिनसम्म दैनिक ९ घण्टा बन्द हुने

4KNationalDaily
२०७६ जेष्ठ १६, बिहीबार ०३:५९ बजे

मुग्लिन- पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा अाजदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी सञ्चालन नहुने भएको छ ।

मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।

सेक्टरका अनुसारका अाजदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

नयाँ पुलको दुवैतर्फको सडकमा काम हुँदा पुरानो पुलबाट पनि गुड्ने गाडी पनि अवरोध हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द गर्न लागिएको सडक विभागले जनाएको छ ।

यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखा लगायत गण्डकी प्रदेशमा ओहोर दोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

तर मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ ।

मुग्लिनको पुरानो पुल जीर्ण भएकाले त्यहाँ नयाँ ‘आर्क ब्रिज’ बन्दैछ । आर्क ब्रिज छिट्टै सञ्चालनमा आउने पनि सडक विभागले जनाएको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily