गाेरखा- जेष्ठ ४ देखी सुरू भएकाे १६औं सवालाख रोट महोत्सव सकिएकाे छ । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ गुफामा विगत १५ वर्ष देखि निरन्तर सवालाख रोट महोत्सव गर्दै आएको महोत्सव मंगलवार सम्पन्न भएको हो ।
यस वर्ष भक्तजनको संख्या उल्लेखनीय रुपमा वढेको आयोजक सिद्घाश्रम शक्ति केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशत वढी भत्तजन महोत्सव मा सहभागी भएको केन्द्रका अध्यक्ष किशोर अकेलाले बताए । महोत्सव अवधिभर सवालाख रोट गोरखनाथलाई अर्पण गरिएको छ ।
गोरखनाथको प्रिय खाद्य बस्तु रोट चढाएर उनलाई खुसि पारे देशमा शान्ति, समृद्धि कायम हुनुका साथै नागरिकलाई सुख मिल्ने आयोजकको दाबी छ । रोट महोत्सवमा काठमाडौ, भत्तपुर, पोखरा, ललितपुर लगायतको ठाउँबाट भत्तजन आएका छन । दोस्रो मुलक भारतबाट पनि यस वर्ष महोत्सवमै भाग लिन भत्तजन आएका आयोजकले जनाएको छ ।
गोरखा र आसपासमा हरेक मौसममा नयाँ अन्नवाली भित्र्याउने वित्तिकै वर्षमा दुई पटक मंसिर र साउनमा रोट पकाएर गुरु गोरखनाथलाई चढाएर मात्र खाने चलन छ ।
चामलको पिठोमा चिनी सहित विभिन्न ३२ प्रकारका मसला मिसाएर घिउमा खारेर पकाइने परिकार रोट हो । रोट चढाए गुरु गोरखनाथ खुसी हुने र देशमा सुख, शान्ति, समृद्धि प्राप्त हुने विश्वास गरिएको छ ।
धार्मिक एवम आध्यात्मिक गतिविधि मार्फत जिल्लामा पर्यटन भित्र्याउने मुख्य उद्देश्यले रोट महोसत्व आयोजना गरिएको आयोजकले जनाएको छ ।
भिडियाे
प्रतिक्रिया