+
Search

ताजा अपडेट +

पपुलर +

इदमा सार्बजनिक बिदा घोषणा नगरे आन्दोलन गर्ने मुस्लिम संघको चेतावनी

4KNationalDaily
२०७६ जेष्ठ १६, बिहीबार ०५:२४ बजे

गाेरखा- मुस्लिम समुदायको राष्ट्रिय चाड इदका दिन सार्वजनिक बिदा घोषणा नगरे नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

संघको केन्द्रीय कार्य सम्पादन समितिको जेठ १० गते बसेको बैठकले सात दिनभित्र बिदा घोषणा नगरे चरणबद्ध आन्दोलनको घोषणा गर्ने निर्णय गरेको हो।

सरकारले आफ्ना मागको सुनवाई नगरेमा धार्मिक अधिकार र पहिचानको रक्षाका लागि आन्दोलन गर्नुको बिकल्प नभएको संघका अध्यक्ष अब्दुल सत्तारले बताए। भने ‘अहिले हामी ब्रतमा छौं, तर सरकार हाम्रा कुरा सुन्न तयार भएन भने ब्रतमै रहेर पनि कठोर आन्दोलन गर्न बाध्य हुनेछौं।’

सत्तारले चरणबद्ध आन्दोलनका क्रममा नेपाल बन्दसमेत गर्न आफूहरु बाध्य हुने चेतावनी दिए। धार्मिक अधिकार र पहिचानको रक्षाका लागि मुस्लिम समुदायले अघि सारेको मुद्धामा सरकारलाई दबाब दिन अध्यक्ष सत्तारले राजनीतिक दल, नागरिक समाज, कानुन व्यबसायी, पत्रकार, बुद्धिजीवी लगायतमा आग्रह गरेका छन्।

केपी ओलीको नेतृत्वको सरकारको पहिलो बैठकले बिदा कटौती गर्ने निर्णय गरेपछि त्यसको बिरोधमा संघले जिल्ला र प्रदेशस्तरमा आन्दोलन गरी सरकारलाई ज्ञापन पत्र बुझाएको थियो। त्यसअघि सरकारले इद, बकर इद र मोहम्मद जयन्तीमा सरकारले बिदा दिदैं आएको थियो।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily