+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप क्रिकेटमा न्युजिल्याण्डद्वारा श्रीलंका पराजित

4KNationalDaily
२०७६ जेष्ठ १८, शनिबार २०:३२ बजे

काठमाडाैं- आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । शनिवार भएको पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो ।

श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा कुनैपनि विकेट नगुमाइ पुरा गर्यो ।

उसका लागि ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरोले १ सय ३७ रनको अटुट साझेदारी गर्दै जित दिलाए । गुप्टिलले ७३ रन र मुनरोले ५८ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले २९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दिमुथ कारुनारत्नेले ५२ रनको अर्धशत्कीय पारी खेले ।

कुशल परेराले २९ र थिसारा परेराले २७ रन बनाउनु बाहेक कोहि पनि व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाको पारीलाई ध्वस्त पार्दै म्याट हेनरी लोकी फेरगुसोनले ३/३ हात पारे । त्यसैगरि आजको दोस्रो खेलमा टस जितेर अफगानिस्तानले अस्ट्रेलिया विरुद्ध ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily