गोरखा- उत्तरी गोरखा जाने सोती पुल अलपत्र छाडेको ठेकेदार कम्पनीले काम शुरु गरेको छ । ठेक्का पाएको ९ बर्ष सम्म पनि काम सपन्न नगरी भागेको कम्पनीलाई कालो सुचिमा राख्ने पक्का भए पछि कम्पनीले केही दिन अगाडी देखी कामको शुरुवात गरेको छ ।
आरुघाट गाउँपालिका ४ को थुमिमा रहेको सोती खोला माथि बन्ने पुल ०६८ सालमा रायमाझी इसान जेभिले पाएको थियो । ०७० साल असार मसान्त सम्ममा काम गरी हस्तान्तरण गरिसक्नुपर्ने उत्त पुलको बल्ल पिल्लर हाल्ने काम शुरु भएको छ ।
ठेक्का पाएको केही समय पछि खोलाको बिच भागमा २ वटा पिल्लर हालिएको भएता पनि ०७२ सालमा आएको बिनाशकारी भूकम्प पछिको बाढीका कारण दुवै पिल्लर पुरीएको थियो । अहिले पुरिएकै पिल्लर खोतल्ने र सोही माथि पिल्लर थप्ने काम शुरु भएको छ ।
११ किलो–छेवेटार–भालुस्वारा–बारपाक सडक कार्यालयले पटक पटक पत्राचार गरे पछि मात्र ठेकेदार कम्पनी रायमाझी इसान जेभिले काम शुरु गरेको हो । अहिले केही निर्माण सामाग्रीहरु समेत निर्माण स्थलमा पु¥याइएको छ ।
उत्तरी गोरखा जानको लागि आरुघाट भएर जाने उत्त बाटोमा पुल नबन्दा बर्षाको समयमा सर्व साधारणहरुले सास्ती ब्यहोर्दै आएको छ । तात्कालिन अवस्थामा २ करोड १० लाख रुपैयाँमा ठेक्का लागेको उत्त पुलको लम्बाई २५ मिटरको हुने छ ।
काममा फर्किएका ठेकेदार कम्पनीले आगामी बर्षको असार मसान्त सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । सोही बाटो भएर उत्तरी गोरखाको माछाखोला सम्म सवारी साधान चलि रहेको भएता पनि बर्षा पछि भने यातायात सुचारु हुन सक्ने छैन । सो पुल नेपाली सेनाले चिनको जोङगा नाका जोडने मार्गमा पर्दछ ।
तात्कालिन अवस्थामा नै ९९ लाख रुपैयाँ भूक्तानी लिई सकेका ठेकेदार कम्पनीले बर्षा शुरु हुन लाग्दा गरेको काम प्रति स्थानियले शंका छ । काम गरेको बहानामा कार्यालयले भुक्तानी दिने र पुनः काम अलपत्र पार्ने बाहना हुन सक्ने स्थानियको आरोप समेत छ ।
पुल बने पछि भने उत्तरी गोरखाको ५० प्रतिशत भु–भागमा सवारी आउजाउ गर्न सहज हुने छ । अहिले सम्म पुन नबन्नुमा ठेकेदार कम्पनी संगै सरोकार वाला कार्यालय ११ किलो–छेवेटार–भालुस्वाराँ–सडक आयोजना पनि उत्तिकै जिम्मेवार छ । अब पनि कुनै पनि बहानामा काम नहुने अवस्थाको अन्त्य हुनु जरुरी छ ।
कैलासबावु श्रेष्ठ/गोरखासमाचार
प्रतिक्रिया