गाेरखा- बारपाक सुलिकोट गाउॅपालिकाको केन्द्र ताकुकोटमा निर्माणाधिन ताकुकोट सामुदायिक पुस्तकालयको आन्तरिक संरचनाहरु (पुस्तकालय सेक्सन, आईसिटी सेक्सन, अडियो भिडियो सेक्सन, अफिस, चिल्ड्रेन सेक्सन तथा बिबिध कार्यक्रमहरु) निर्माण गर्न रिड नेपाल सॅग करीब आधा करोड रुपैयाँ बराबरको सहयोगको लागि सम्झौता सम्पन्न भएको छ।
गाउॅपालिकाको अध्यक्ष बिष्णु प्रसाद भट्ट वडाध्यक्ष बाबुलाल गुरुङको उपस्थितीमा पुस्तकालयका अध्यक्ष मोह प्रसाद पनेरु र रिड नेपालको हेड अफ फिल्ड अपरेशन चिनकाजी श्रेष्ठले पाल्खुमा आयोजित एक कार्यक्रम बिच सम्झौतामा हस्ताक्षर गरेका हुन्।
पुस्तकालयको भवन ‘नेपालीले सक्छौ’ अभियान अन्तरगत निर्माण भएकाे हाे । रिड नेपालले संचालन गरेको अभियान, स्थानिय बासीहरुको सहयोग, गोरखा ताकुकोट सेवा समाज काठमाडौंको अभियान, गाउॅपालिका कार्यालय, वडा कार्यालय, शिक्षा मन्त्रालय, सामाजिक बिकास मन्त्रालय पोखरा लगायतको आर्थिक सहयोगमा पुस्तकालयको भवन करिब एक करोड लागतमा बन्न लागेको हो।
गोरखा जिल्ला कै नमुना सामुदायिक पुस्तकालयको रुप हेरिएको यस पुस्कालय मार्फत सम्पूर्ण समुदायकै जीवन स्तरमा नै गुणात्मक परिवर्तन र बिकासको संवाहकको रुप रहनेछ।
गाउॅपालिका अध्यक्ष भट्टले समेत यस पुस्तकालयलाई आफ्नो महत्वपूर्ण प्रोजेक्टको रुपमा रहेको बताए। रिड नेपालले संचालन गर्ने हरेक पुस्तकालय विशेषता भनेको पुस्तकालयको दिर्घकालीन संचालनको लागि पुस्तकालयले आफ्नै आम्दानीको प्रोजेक्ट संचालन गरि आय आर्जन गर्नु पर्ने हुन्छ । रिड नेपालले नेपाल अधिराज्य भरि करिब ७० वडा पुस्तकालय निर्माण गरिसकेको छ।
प्रतिक्रिया