+
Search

ताजा अपडेट +

पपुलर +

थाइल्याण्डको समुन्द्री तटमा छल्कियो सुशान्त र मलिनाको प्रेम

4KNationalDaily
२०७६ जेष्ठ १८, शनिबार २१:२३ बजे

काठमाडाैं- नायिका मलिना जोशी र जिम ट्रेनर सुशान्त प्रधानको प्रेमको चर्चाले यतिबेला नेपाली चलचित्र बजार तातिएको छ ।

पूर्व मिस नेपाल मलिनाको चलचित्र यात्रा खासै सुखद नभए पनि उनको प्रेम जीवनको भने सधै चर्चा चलिरहेको पाइन्छ ।

हालै मात्र, मलिना जीम ट्रेनर सुशान्त प्रधानसँग थाइल्याण्ड घुमघाममा रहेको तस्बिर सार्वजनिक भएसँगै उनीहरु प्रेममा रहेको चर्चाले सगरमाथा छोएको छ ।

उनीहरुले थाइल्याण्ड यात्राको तस्बिर निर्धक्क सामाजिक संजालमा शेयर गरिरहेका छन् । जसले यी दुइको गहिरो प्रेम प्रष्ट छल्किएको छ ।

मलिनाले सुशान्तसँगको तस्बिर आफ्नो इन्स्टाग्राममा शेयार गर्दै लेखिकी छिन् हामीहरुले थाइल्याण्डमा मिठो खानेकुरा खायौं । उनको यो पोस्टमा प्रतिक्रिया दिदै नायिका स्वस्तिमा खड्काले तिमीले यति ठूलो साथ पायौं भनेर लेख्दै गर्दा मलिनाले हुन सक्छ भनेर जवाफ फर्काएकी छिन् । यसले पनि उनीहरु प्रेममा रहेको प्रष्ट बुझ्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily