+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका युवक ल्याप्टप र ६९ हजारसहित तनहुँमा पक्राउ

4KNationalDaily
२०७६ जेष्ठ १९, आईतवार १८:३२ बजे

तनहुँ- पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा चेकिङ गर्ने क्रममा चोरीको नगद र ल्यापटपसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ फुर्केडाँडाका २३ वर्षीय सुवास चेपाङ रहेका छन् ।

शनिबार दिउँसो भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु१ख ८३७४ नम्बरको बसमा चेपाङको दुई वटा झोला चेकजाँच गर्दा झोलामा विभिन्न दरका ६९ हजार २५० नेपाली नगद र डेल कम्पनीको ल्यापटप भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार चोरीका अपराधमा प्रयोग हुने फलामको छिनो र पिलाससहित फेला पारी बरामद गरिएको छ ।

चेपाङको साथबाट बरामद गरिएका सामग्रीको सम्बन्धमा अनुसन्धानको क्रममा आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा रहेको राजन कट्टेलले सञ्चालन गरेको कट्टेल इन्टरप्राइजेजको सटर तोडी चारी गरेर ल्याएको लामिछानेले बताए ।

चेपाङलाई चोरी मुद्धामा जाहेरी दरखास्त लिई आइतबारै तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily