+
Search

ताजा अपडेट +

पपुलर +

दारी ग्याङ गाेरखा गर्याे क्यान्सर पीडित थापालाइ सहयाेग

4KNationalDaily
२०७६ जेष्ठ १९, आईतवार २०:१३ बजे

गोरखा-  दारी ग्याङ गाेरखाले रक्त क्यान्सरबाट पीडित सहिद लखन गाउँपालिका १ साबिक बक्राङको दिप्लिङ निबासी पूजा थापा मगरका लागि उपचार खर्च सहयाेग गरेकाे छ ।

केहि समय अगि गठन भएकाे साे ग्याङले छिटाे समयमा नै रकम सकंलन गरी पिडित थापालाइ सहयाेग गरेकाे हाे ।

दारी ग्याङले पहिलो चरणमा संकलित ७६ हजार एकसय ११ रुपियाँ शनिबार बिरामी थापा मगरलाई हस्तान्तरण गरेकाे छ । दारी ग्याङले उपचार गराइरहेको काठमाडौंको सिभिल सर्भिस अस्पतालमा पुगेर हस्तान्तरण गरेको ग्याङका माहादेव वस्तीले बताए ।

सो रकममध्य ४० हजार रुपियाँ गोरखा घर भई हाल अष्ट्रेलियामा अध्ययनरत सन्दीप लम्सालले सामाजिक सञ्चालमार्फत संकलन गरी पठाएका थिए । बाँकी रकम दारी ग्याङ गोरखाले नै संकलन गरेको थियाे ।

२४ बर्षीया बिरामी थापा मगरको उपचारको क्रममा यसअघि १७ लाख रुपियाँ खर्च भइसकेको छ भने अझै २० लाख रुपियाँ लाग्ने अस्पतालले जनाएको छ।

सहयोग गर्न चाहनेहरुले विरामीको ग्लोबल बैँकको खाता नम्बर ०७०७०१०००८०२० मा रकम जम्मा गर्नसक्नुहुनेछ । सहयोगका लागि श्रीमान् साजन थापाको मोबाइल नम्बर ९८०८९३८३०० र बुबा देवराज थापाको मोबाइल नम्बर ९८४७८४६०३५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily