गोरखा- पालुङटार नगरपालिकाले जनताको सिधा सम्फर्क बाट गुनासो सुनी सम्वोधन गर्न ‘हेलो मेयर’ कार्यक्रम शुरु गरेको छ ।
नगरवासी तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको सुझाव, राय, सल्लाह तथा गुनासो सुन्न सेवा शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
सो सेवाले गुनासो कर्ताको हरेक गुनासो सुनी तत्काल कार्यन्वयन गर्न सहज हुने अपेक्षा लिइएको नगरप्रमुख दिपक वावु कडेलले बताए ।
सामाजिक दायीत्व र सामाजिक आवाजसग महत्व जोडिएका समस्या र सुझाव लिन सहज होस् भनेर पैसा नलाग्ने टेलिफोन नम्वरको ब्यवस्था गरेको उनले बताए । गुनासो र सुझावकर्ताले टोल फ्रि नम्वर १६६०६४४२००२ मा गुनासो राख्न सक्नेछन् ।
प्रतिक्रिया