+
Search

ताजा अपडेट +

पपुलर +

समाजमा भ्रष्टाचार किन हुन्छ ? कसरी रोकिन्छ ?

4KNationalDaily
२०७६ जेष्ठ २१, मंगलवार १६:०५ बजे

गाेरखा- मानिस सुविधाभोगी प्राणी हो  । ऊ सधै सुविधा चाहन्छ  । अर्थात सुख चाहन्छ  । उसका इच्छा अनन्त छन्  । इच्छापर्ूर्ति हुनु भनेको सुखको अनुभूति हुनु हो  ।

 अहिले विश्व मानव द्वन्द्वात्मक भौतिकवादमा रमाइ रहेको छ  । आर्थिक पक्षमा सवल मानवले आफूलाई सुखी ठान्छ  । ऐस आरामको सुखी जीवन बिताउने मुख्य माध्यम धनसम्पत्ति मानिएको छ  ।

धन सम्पत्ति पनि चल र अचल रहेका छन्  । चल सम्पत्ति भन्नाले रुपैया पैशा, सुन चाँदी हिरामोति मणी माणिक्य मानिन्छन् भने अचल सम्पत्ति जग्गा जमिन घर आदिलाई मानिन्छ  ।

यी श्रोत साधन मानिसका आवश्यक वस्तुहरु हुन्  । यस्ता श्रोत साधन प्रसस्त हुने मानिसले कतिसम्म सम्पत्ति राख्न पाउँछ त भन्ने सीमा पनि छैन  । अर्थात राज्यले एक व्यक्तिले व्यक्तिगत रुपमा कतिसम्म सम्पत्ति -चल अचल) राख्न पाउने भन्ने हद पनि तोकेको छैन  । जसले गर्दा सम्पत्ति थुपार्ने होड चलिरहेको छ  ।

यो होडले गर्दा भ्रष्टाचार बढेको छ  । हुनेको भकारीमा अन्न सडेको छ  । नहुने भोकभोकै मर्न सक्छ  । परिवारको मूलिमा आश्रीत हुने परम्परा छ  ।

परिवारका सबै सदस्यले रोजगारीको अवसर पाएर आत्मनिर्भर हुने आफ्नो खुट्टामा आफै उभिने अवसर राज्यबाट पनि सृजना हुन सकेको छैन  । आफ्नो हैसियत अनुसार खर्च गर्ने होइन कि अर्काको देखासिकी गर्ने  ।

फजुल खर्च जस्तै भोजभतेर, जुवा तास खेल्ने, लागूपदार्थ सेवन, सात्विको भोजन भन्दा तामसि भोजन तर्फढी अग्रसर हुने  । आध्यात्मीक भन्दा भौतिक चिन्तनमा बढी रुची राख्ने, राष्ट्रिय चिन्तन भन्दा अन्तराष्ट्रिय चिन्तन बढी गर्ने, सामाजिक व्यवहारमा अनावश्यक प्रतिस्पर्धा गर्ने, वास्तविकतालाई त्यागेर अवास्तविकतर्फबढी लालहित हुने  ।

इमान्दारहरुको भन्दा बेइमानहरुको कदर हुने, बौद्धिक लगानी भन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुनु, आध्यामिक विचारधारा लोप हुँदै जानु र भौतिक चिन्तनको पराकाष्ट हुनु भ्रष्टाचारका मूल कारक तत्व हुन  । भ्रष्टाचारलाई पुरुषार्थ मान्य सामाजिक मान्यताले गर्दा पनि भ्रष्टाचार दिन प्रतिदिन बढी रहेको छ  ।

भ्रष्टाचार कसरी रोकिन्छ ?

भ्रष्टाचार नियन्त्रण गर्न सरकारी तबरबाट संस्थाहरु गठन भएका छन्  । जस्तै अख्तियार दूरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय र्सतर्कता केन्द्र  । अख्तियार अन्तरगतका शाखाहरु क्षेत्रीय र जिल्ला प्रशासन कार्यालयहरुमा पनि रहेका छन्  ।

यी संस्थाहरु हात्तीको देखाउने दात मात्र भएका छन्  । किन भने नेपाल विश्वका भ्रष्टचार बढी हुनु मुलुकको तेश्रो नम्बरमा परे के छ  । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुमा नै भ्रष्टाचार छ भने उसले अरुलाई नियन्त्रण गर्ने सम्भावना रहँदैन  ।

भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम मूल सङ्लो हुनर्ुपर्छ  । भनिन्छ मूलको पानी कूलको छोरी, मूलको पानी र कूलको छोरीले कहिल्यै अहित गर्दैनन्  ।

देशको राजनीतिको पनि भ्रष्टाचार नियन्त्रणमा सक्रिय भूमिका रहन्छ  । मुलुकको बागडोर संचालन गर्ने नेता र उच्च पदस्त प्रशासकहरु सदाचारी भए भने देशबाट भ्रष्टाचार स्वतः भाग्दछ  । यहाँ त जो रक्षक उही भक्षक भएर मुलुक भ्रष्टाचारको दलदलमा गाडिएको छ  ।

भ्रष्टाचारीलाई कारबाही गर्नु त कताकता संरक्षण दिने नेताहरुको प्रवृति छ  । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थाहरुले आफू वादी भएर अदालतमा मुद्दा दर्ता गर्छन  । अदालतबाट सबुद प्रमाण नपुगेको भनी प्रतिवादी भ्रष्टाचारीको पक्षमा नै मुद्दा फैसला भएका छन्  । यहाँ बढी भन्दा प्रतिवादी धेरै चनाखो र चतुरा छन्  ।

प्रतिवादीहरु मुद्धा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड भेद सबै नीति अपनाउँछन्  । वादीदर्ता गर्ने पक्षले वादी दर्ता गरायो बस पुग्यो  । सरकार वादी मुद्दाहरु प्रायः असफल नै भएका छन्  । भ्रष्टाचार नियन्त्रण गर्न र्सव प्रथम सम्पत्तिको सीमा तोकिनु पर्छ  ।

नैतिक शिक्षा दिने व्यवस्था हुनुपर्छ  । भ्रष्टाचार नियन्त्रण गर्न गठित संस्थालाई न्यायिक अधिकार दिनुपर्छ  ।

राज्यमा प्रशस्त रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर हुने अवसर दिनु पर्छ  । एक व्यक्ति एक रोजगार हुनर्ुपर्छ  । सामाजिक फजूल खर्च नियन्त्रण हुनुपर्छ  ।

भौतिक होइन आध्यात्मिक प्रतिस्पर्धा बढाउनु पर्छ  । जनतालाई परावलम्बि होइन स्वावलम्बि र अनुशासित बनाउनु पर्छ  । भ्रष्टाचारीलाई कारबाही र सदाचारीलाई पुरस्कृत गर्नुपर्छ  । अनिमात्र देश भ्रष्टाचार मुक्त हुन सक्दछ अन्यथा भ्रष्टाचारको एक नम्बरमा मुलुक पुग्न सक्छ  ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily