+
Search

ताजा अपडेट +

पपुलर +

मुच्चोकमा ‘मेड नेपाल’ विपन्न जनताको साथमा

4KNationalDaily
२०७६ जेष्ठ २२, बुधबार १७:१७ बजे

गोरखा- अजिरकोट गाउँपालिका वडा नम्बर ५, मुच्चोकमा गैरसहरकारी संस्था ‘मेड नेपाल’ले विपन्न जनतालाइ सहयाेग गर्दै आएकाे छ ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात् विभिन्न क्षेत्रहरूमा विकास तथा पुनर्निर्माण, कृषि तथा सचेतना मूलक कार्य गर्दै आएको संस्थाले विभिन्न चरणमा गर्दै सहयाेग गर्दै आएकाे हाे ।

संस्थाले पहिलो चरणमा मुच्चोक रिकभरी परियोजना र दोस्रो चरणमा मुच्चोक रेजिलेन्स कार्यक्रम अन्तर्गत कार्य गर्दै आएकोमा हाल सामाजिक तथा आर्थिक सशक्तीकरण कार्यक्रम तदारुकताका साथ सन्चालन गर्दै आएको छ ।

विगतमा पुनर्निर्माण, कृषि, बिज वृद्धि तथा वितरण, खानेपानी तथा सिचाई, शिक्षा अन्तर्गत नमूना विद्यालय निर्माणका लागि सामग्री सहयोग एवम् शैक्षिक भ्रमण समेत विभिन्न सामाजिक क्षेत्रका समस्या सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरेको संस्थाले आइ एम स्विडिस डेवलप्मेन्ट पार्ट्नरको आर्थिक सहयोगमा देशको विभिन्न जिल्लाहरूमा कार्यक्रम गरेको बताइएको छ ।

केन्द्रीय कार्यालय चितवनको भरतपुर रहेको यस संस्थाले विभिन्न काम गर्दै आएकाे छ । हाल मुच्चोकमा तेस्रो फेजको कार्यक्रम गर्दै गर्दा मेड नेपालले सामाजिक तथा आर्थिक सशक्तीकरण अन्तर्गत विपन्न साना किसानहरुलाई वाख्रा पालन तालिम प्रदान गराई करिब ४५ घरधुरिलाई उन्नत बाख्रा र खोर सुधार गर्न सहयोग गर्दै गरेको कार्यक्रम संयोजक सन्जु लामिछानेले बताइन् ।

पहिले तालीम प्रदान गरिएको, अनि खोर निर्माण गर्न लगाइएको र अब उन्नत बाख्रा वितरण छिटै गरिने मेड नेपाल मुच्चोकका सामाजिक परिचालक कृष्णकुमारी भट्टराईले बताइन् ।

यस कार्यक्रम अन्तर्गत आज जेष्ठ २२ गते विश्व वातावरण दिवसको अवसरमा मुच्चोकको कुवापानी, साउने, दादुरे र आम डाडामा एक विशेष कार्यक्रम गरि टोल तथा समुदाय सरसफाइ कार्यक्रम गरिएको छ । कार्यक्रममा वडा सदस्य, स्थानीय बुद्धिजीवी, युवा, किसान तथा शिक्षकहरुको सहभागीता रहेको थियो।

यसैगरि यस क्षेत्रमा सामाजिक तथा आर्थिक सशक्तीकरण कार्यक्रम सन्चालनार्थ सवै पक्षको उपस्तिथि र छलफलमा स्रोत नक्साङ्कन कार्य गरिएको छ । मेड नेपालको यस कार्यक्रमले साच्चै नै सामाजिक र आर्थिक रुपले पछाडी परेका विपन्न किसान, मजदुरहरुमा ठुलै उर्जा थप्ने अपेक्षा गरिएको छ । हेरौं कार्यान्वयन पक्ष कस्तो हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily