काठमाडाैं- नायिका गरिमा पन्तको चर्चा आजभोली निकै कम हुने गरेको पाइन्छ । एक समयकी चर्चित यि नायिकाले चलचित्र झोला मार्फत विभिन्न अवार्ड पनि हात पारेकी थिइन् । नेपाली चलचित्र जगतमा सुन्दर मानिने गरिमा केही वर्षयता कलिउडदेखी टाढा रहेकी छिन् ।
बेल्जियममा व्यवसाय गर्ने हरी थपलियासँगको बिहे पश्चात् उनी उतै बस्दै र व्यवसाय गर्दै आइरहेकी छिन् । यसकारण पनि गरिमा अहिले नेपाली रजतपटबाट हराएकै मान्न सकिन्छ ।
तर फिल्मी क्षेत्रबाट टाढा रहे पनि ग्ल्यामरबाट भने गरिमा टाढा हुन सकेकी छैनन् । अझ दिनप्रतिदिन उनमा फेसन र ग्ल्यामरको विकास भएको उनका तस्बिरबाट देख्न सकिन्छ ।
बोल्ड , ब्युटिफुल , हट र सेक्सी अन्दाजमा आजभोली यि नायिका युरोपका विभिन्न ठाउँ घुमेको तस्बिरहरु सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् ।
बिकीनी अवतारमा गरिमाले केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । श्रीमानसँग घुम्न जाँदा पनि डिम्पलवाली नायिका बिकीनीमा सजिएर स्विमिंग पुलमा पानीको मजा लिदैँ केही तस्बिर उनको टाइमलाइन र स्टोरीमा सेयर गर्छिन् ।
विशेष गरी सिम्पल र इमोसनल रोलमा चलचित्रमा देखिने गरिमाको यो हट अन्दाजले के उनी फेरी कलिउडमा कमब्याक गर्ने संकेत दिन्छ या दिदैँन ? त्यो गरिमालाई नै थाहा होला ।
फिल्म क्षेत्रकी चिसी अभिनेत्री गरिमा पन्त बिहेपछि तातो बनेकी छन् । गरिमा मिडियामा, फिल्ममा काम गर्दा त्यती छाउने गर्थिनन् होला, जति बिहे गरेर बेल्जियम पुगेपछि छाउने गरेकी छन् ।
हरि थपलियासँग बिहे गरेर बेल्जियममै रहन थालेकी गरिमा फिल्मी वृत्तबाट त टाढा छिन् । तर, उनको दिनचर्या फेरिएको छ । गरिमा पन्त तीनै हिरोइन हुन्, जसले झोलामा सतीप्रथाको अभिनय गरेर उत्कृष्ट अभिनेत्रीको अवार्ड थापेकी थिइन् ।
प्रतिक्रिया