काठमाडौ- यतीबेला ‘गलबन्दी’ लोकगीतकी चर्चित मोडेल अञ्जली अधिकारी बहराईनमा रमाई रहेकी छिन् ।
नेपाली क्लब बहराईनको आयोजनामा सांगीतिक कार्यक्रमको लागि बहराईन पुगेकि मोडेल अन्जलीको मस्ती समाजिक संजालमा देखिएको छ ।
प्रकाश सपुतको ‘बोल माया बोल’को गीतबाट चर्चाको शिखरमा पुगेकी मोडल हुन् अन्जली । यतिबेला प्रकाश सपुतकै ‘गलबन्दी’ नामक गीतमा पनि यी सुन्दरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
यी दुई गीतमा अन्जली गाउँले लजालु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । तर उनले दर्जनौं गीतमा निकै हट अवतारमा पनि अभिनय गरेकी छन् ।
अन्जलीको अभिनय रहेको गलबन्दी अहिले नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ ।
गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ । गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अन्जली अधिकारी र प्रकाश सपुत छन् ।
यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ । गीतमा उनको पृथक कला देखिन्छ ।
प्रतिक्रिया