काठमाडौं- नायिका परमिता आर एल राणाको आवाजमा ‘क्विन’ नामक गीत सार्वजनिक भएको छ । नेपाली र अंग्रेजी शब्दमा परमिताले गाएको यो गीतले आम महिलाहरुलाई प्रतिनिधित्व गरेको छ ।
सिकेको सम्पादन र निर्देशन रहेको यो गीतको भिडियोलाई आकर्षक बनाइएको छ । पिरोको यो गीतमा शब्द तथा संगीत छ ।
भिडियोमा परमिता आफैले मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा इन्ता चाम्लिङ, दिक्षा चौधरी, स्टार तामाङ, सुस्मिता लामाको नृत्य हेर्न सकिन्छ ।
नायिका परमिता आर एल राणाले यो गीतले सुन्दरताले मात्र मानिस रानी नहुने भन्दै मनदेखि नै सफा हुनु पनि ‘क्विन’ हुने बताइन् । महिलाहरुलाई उत्प्रेरणा दिन यो गीतले मद्दत गर्ने उनको विश्वास छ ।
भिडियाे
प्रतिक्रिया