गाेरखा- जिल्लाकाे साैरपानीबाट काठमाडौँ जाँदै गरेको बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा दुर्घटनामा परकाे छ । चुम्लिङटारमा बस दुर्घटना हुदा बसमा सवार हुँदा १८ जना घाइते भएका छन् ।
काठमाडाैं जाँदै गरेकाे ना ४ ख १४०७ नम्बरको बस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नम्बरको ट्याङक चुम्लिङटारमा आइतबार बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा १८ घाइते भएका हुन् ।
घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया