काठमाडाैं- भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा खसेकाे छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा आएका मन्त्रीकाे गाडि खाेलामा खसेकाे हाे ।
पुलको शिलन्यास पश्चात पोखरा फर्किने क्रममा नदी तर्दै गर्दा गाडी भासिएको हो । बा २ झ ४०२९ नम्बरको कालो रंगको गाडी पल्टिए पश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए ।
खोलामा पल्टिएका मन्त्रीलाई पनि सुरक्षाकर्मीले गाडीबाट निकालेका थिए । गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहेको बताइएको छ ।
प्रतिक्रिया