+
Search

ताजा अपडेट +

पपुलर +

पुष्पसंग साम्राज्ञीको हट ‘ठुम्का’

4KNationalDaily
२०७६ जेष्ठ २७, सोमबार २३:०१ बजे

काठमाडाैं- भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । चलचित्रको पहिको सार्वजनिक हुन लागेको गीतलाई लिएर निर्माण पक्ष उत्साहित छ ।

नबल नेपालले निर्देशन गरेको चलचित्रले फर्स्ट लुक सार्वजनिक भएसङै प्रसम्शा पाउदै आएको छ ।चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ ।

‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ र उनी अब सार्वजनिक हुने लागेको गीत ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् । सय भन्दा धेरै कोरस राखेर यो गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले नित्य गरेका छन् ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । यो गीत हिट भएको खन्डमा चलचित्रको ब्यापारलाई पनि राम्रो फाईदा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily