+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक यातायातको भाडा बढ्यो, असार १ देखि लागू हुने

4KNationalDaily
२०७६ जेष्ठ ३०, बिहीबार १६:२३ बजे

काठमाडौं- सार्वजनिक यातायातको भाडा बढेकाे छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको छ ।

बिहिबार यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो । बढाइएको भाडा असार १ गतेदेखि लागू हुने विभागले यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो। उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो।

योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो।२०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भनेको छ। बढेको भाडादर असार १ बाट लागू हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily