+
Search

ताजा अपडेट +

पपुलर +

चतुर्मालालाई नमुना विद्यालयका रूपमा निर्माण गर्न आवश्यक पहल गर्छु : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७६ असार १, आईतवार १२:३१ बजे

गोरखा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायण काजी श्रेष्ठले चतुर्माला माध्यमिक बिद्यालयलाइ नमुना विद्यालयका रूपमा निमाण गर्न अाबश्यक पहल गर्ने बताएका छन् ।

२०७२ सालकाे भुकम्पले क्षति पुगेकाे अजिरकाेट गाउपालिका वडा न ५ काे चतुर्माला माध्यमिक विद्यालयलाइ कसरी नमुना विद्यालयका रूपमा निमाण गर्न सकिन्छ भन्दै स्थानिय र शिक्षिकहरूसँग छलफल गरेका छन् ।

उनी केहि दिनदेखि जिल्लाकाे पालुङटार हुदै अजिरकाेट छिरेका हुन् । अाइतबार मुच्चाेक, भच्चेक हुदैँ नम्कि सिरानडाडासम्मका भागमा पुगेका उनले स्थानिय स्तरका नेता तथा कार्यकर्ता समेत भेटेका छन् ।

उनले सबै ठाउमा विधुत छिटो भन्दा छिटो बाल्ने, चनौटे-भच्चेक सडक खण्ड कालोपत्रेको लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको जानकारी सहित आश्वासन दिलाएका छन् । उनी नेकपा गण्डकी प्रदेश कमिटी सदस्य दीपक देवकोटा लगायतका नेताहरका साथमा याे क्षेत्र पुगेका हुन् ।

अनाैपचारीक रूपमा गाेरखामा हरेक महिना अाउने कार्यक्रम अन्तर्गत नै उनी जिल्ला अाएका हुन् । ०७४ मा भएकाे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पराजित भएपछि उनी जिल्लामा हरेक महिना पुग्छन् । स्थानिय क्लव, अामा सहुमले अायाेजना गर्ने कार्यक्रम देखि उनी पार्टीले अायाेजना गर्ने कार्यक्रममा समेत जिल्ला अाउछन् ।

पालुङटारमा स्थानिय नेता तथा कार्यकर्ता भेटेर अजिरकाेट छिरेका नेता श्रेष्ठ अाज नै काठमाडाैं फर्किने कार्यक्रम रहेकाे  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily