+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

4KNationalDaily
२०७६ असार १२, बिहीबार ०७:१३ बजे

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ ।

मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो ।

परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए ।

धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको खबर नवराज मैनालीले अाजकाे नयाँपत्रिका दैनिकमा खबर लेखेका छन् ।

पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको बताएका छन् । न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ । कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए । ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको हुन सक्ने आशंका गरिएको छ ।

पाटन क्याम्पसका विद्यार्थी कोइराला नतिजा आउँदा फेल भएका थिए । तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित भएर अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि गोल्ड मेडल किनबेच हुने गरेको खुलेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily