+
Search

ताजा अपडेट +

पपुलर +

लेदोले छोपियो पृथ्वी राजमार्गको १ किलोमिटर सडक, आवागमन ठप्प

4KNationalDaily
२०७६ असार १२, बिहीबार ०९:३२ बजे

फाइल तस्बिर

काठमाडाैं- धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदोकाे कारण पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ ।

माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग विहानदेखि अवरुद्ध भएको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।

लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ । प्रहरीका अनुसार दुवैतर्फ सवारीको लामो लाम लागेको छ । कतिपय सवारी सडकमा खसेको लेदोमा समेत फसेका छन् ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका र बालुवा व्यवसायीले डोजर परिचालन गरेर काम गरिरहेको प्रहरीले जनाएको छ ।

यो क्षेत्रमा सडकभन्दा माथिबाट बालुवा निकाल्ने गरिएको छ । जसका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।

त्यस्तै, राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily