+
Search

ताजा अपडेट +

पपुलर +

देउवाकाे चेतावनी ‘कांग्रेसले राणा शासन र पञ्‍चायत ढालेकै हो, ओली सरकार ढाल्न कुनै गाह्रो छैन’

4KNationalDaily
२०७६ असार १३, शुक्रबार २०:१५ बजे

फाइल तस्बिर

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् ।

सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान पनि दोहोर्याए ।

लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायत ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने सभापति देउवाको दावी छ ।

शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

त्यस अवसरमा उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily