चितवन- चलचित्र ‘सानो मन’ युनिट यति बेला प्रचार प्रसारका लागि मोफसल यात्रामा छ ।
२७ असारबाट देशभरका हलमा प्रदर्शनमा आउने यो चलचित्रको युनिटले शुक्रबार चितवनका पत्रकारबीच अन्तक्रिया गर्दै २० असारमा भनिएको यो चलचित्र अब २७ असारमा मात्र आउने जानकारी गराएको छ ।
चलचित्रकी मुख्य नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले सानो मनको बारेमा प्रकाश पारे । शिल्पा मास्केले यस चलचित्रमा आफुले निकै मेहेनेत गरेको र चलचित्र दर्शकलाई मन पर्ने जिकिर गरिन् ।
पत्रकार भेटघाटमा नायिका शिल्पा मास्के आफु लण्डन बसेर बिदेशी फिल्ममा समेत काम गरेको अनुभब सुनाउदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली फिल्ममा अभिनय गरेको जानकारी गराईन् ।
कथा बस्तु प्रभावशाली लागेर आफुले चलचित्र सानो मनमा काम गरेको र आफ्नो तर्फबाट सकेको काम गरेको बताउदै अब दर्शक चलचित्र हेरेर मुल्यांकन गर्ने उनले बताईन् ।
यस्तै नब नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहेनत गरेको र यस चलचित्र बाट ठुलो आशा लिएको बताए ।
यता चलचित्रका निर्माता राजेन्द्र मानन्धरले चलचित्रको कथा नै मन परेर यस चलचित्र निर्माण गरेको बताए ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘सानो मन’ युष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाल लगायतका कलाकारकोअभिनय रहेको छ ।
ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सानो मन निर्माण भएको हो । सिनेमाको सम्पादन सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर गरिरहेका छन् ।
यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।
प्रतिक्रिया