+
Search

ताजा अपडेट +

पपुलर +

विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार छ : प्रधानमन्त्री ओली

4KNationalDaily
२०७६ असार १५, आईतवार १६:४२ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो’ उनले भने ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’

प्रधानमन्त्रीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने बताए। ‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन’ उनले भने ‘मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु ।’

प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए । नेपाल काम गर्न चाहने कर्म वीरहरुको देश भएको उल्लेख गर्दै भने ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन्’, ‘भने ‘तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।’

कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले दावी गरे । ‘हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily