काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठुलो भरोसा भएको बताएका छन् ।
नेकपाको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताए ।
‘हामीप्रति जनताको ठुलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुदैन’ प्रधानमन्त्रीले भने ‘त्यसका लागि हामी सबैले जो जहाँ छौं त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।’ उनले यसै आर्थिक बर्ष भित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताए ।
‘पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन । असारभरीमा एकताका काम टुंगिन्छन्’ उनले भने ‘आगामी आर्थिक बर्ष हाम्रा लागि उत्साह र उमंगको बर्ष हुनेछ ।’
बैठकमा सांससदहरुले सरकारका काम, पार्टी एकता, बजेट बिनियोजन आदि बिषयमा जिज्ञासा र सुझाव राखेका थिए । बैठक आगामी शनिबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया