गोरखा- भिमसेन गाँउपालिका-३ को नवज्योति माध्यमिक बिधालयमा विपन्न बिधार्थी अक्षयकोष स्थापना भएको छ ।
हाल अमेरिकामा बसोबास गर्दै आएका बिधालयका भुपु बिधार्थी कृष्ण प्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सन्चालन गर्दै आएका ६८ जना नेपाली सामाजिक अभियान्ताहरुबाट २ हजार ६३१ अमेरिकी डलर संकलन गरी बिधालयलाई उपलब्ध गराएका हुन् ।
उक्त रक़म मध्य दुई लाख नेपाली रक़मको विपन्न बिधार्थी कोष र ८४ हज़ार नेपाली रक़म बराबर को इसिडि देखि १० कक्षा सम्मका बिधार्थीलाई शैक्षिक सामाग्री स्वरुप १३५ जना बिधार्थीलाई झोला वितरण गरिएको बिधालयले जानकारी दिएको छ ।
सोही अक्षयकोषको रकमलाई बैक ख़ातामा जम्मा गरि सोही रक़मबाट आएको व्याजबाट प्रत्यक वर्ष बिधालयको बार्षिक उत्सवमा विपन्न बिधार्थी बिधालयले छनोट गरी बिधार्थीलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने बिधालयले जनाएको छ ।
बिधालयमा आज आयोजित कार्यक्रममा बिधालयका शिक्षक तारानाथ भट्टले बिधालयका प्रधानाध्यापक ठाकुर लामिछाने र बिधालय वयबस्थापन समितिका अध्यक्ष रत्न प्रसाद पुडीसैनीलाई उक्त रक़म उपलब्ध गराउनुको साथै बिधार्थीहरुलाई झोला बितरण गरिएको हाे ।
प्रतिक्रिया