+
Search

ताजा अपडेट +

पपुलर +

यति एयरलाइन्स दुर्घटना : अझै खुलेन अन्तर्राष्ट्रिय विमानस्थल

4KNationalDaily
२०७६ असार २७, शुक्रबार १६:१७ बजे

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ ।

धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ ।

निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको बताए ।

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily