+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपहिरो : ८ जनाको मृत्यु, ८ भन्दा बढी बेपत्ता, कहाँ के भइरहेछ?

4KNationalDaily
२०७६ असार २७, शुक्रबार १६:२० बजे

काठमाडौं–  बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण ८ भन्दा बढी ज्यान गएको छ भने केही बेपत्ता भएका छन्। गृह मन्त्रायका अनुसार काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ। यस्तै ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एकएक जनाको मृत्यु भएको छ।

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल रहेको काभ्रेका एसपी जयराम सापकोटाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily