काठमाडाैं- नेपाली सिने नगरीमा यतिबेला बाघ निर्माता छबिराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले तातेको छ ।
३ बर्ष अघि बिवाह गरे पनि मिडियामा नखुलेका छबि र शिल्पाबीचको सम्बन्ध अहिले आएर भने छताछुल्ल भएको छ । शिल्पामाथि छबिले चरम घरेलु हिंसा गरेपछि त्यो सहन गर्न नसकेकोपछि शिल्पाले प्रहरी नै गुहार्नु प¥यो ।’
शिल्पाले आफुले बिवाह गरेको केही महिनामा नै छबिको असलीरुप देखेको तर आफनो घर परिवारको इज्जतको लागि र श्रीमान भएको नाताले पनि सहँदै आएको तर पछिल्लो पटक भने घाँटी थिचेर मार्न खोजेपछि उनले प्रहरी गुहारेकी हुन् ।
शिल्पाले छबिले आफुलाई नराम्रो बाटोमा नहिड्दा पनि शंका गर्ने , अश्लिल गालीगलौज गर्ने , कुटपिट गर्ने जस्ता हिंसा गरेको बताईन्’ ।
शिल्पाको उजुरीपछि प्रहरी कार्यालयमा उनीहरुबीच कुराकानी पनि भएको थियो । जहाँ उनले शिल्पासंग माफी मागेका थिए । तर छबिले माफी मागेपनि शिल्पा भने खुसी देखिएकी थिईनन् ।
नत छबिले शिल्पालाई घर लान पहल गरे नत शिल्पा नै खुसी देखिईन् । छबिले शिल्पालाई आफनो परिपक्ता देखाउँदै नत फोन गरे नत घर फर्कानउे पहल गरे । बरु उल्टै फेसबुकबाट समेत छबिले आफुलाई ब्लक गरेको शिल्पाले बताईन् ।
उनले ३ बर्षदेखि सहदै आएको तर अब नसक्ने भन्दै बाँकी कुरा कानुनी प्रक्रियामा जाने बताएकी थिईन् । अन्तत: शिल्पाले छबिलाई डिभोर्स दिएकीछिन् ‘।
उनले छबिसंग अब असुरक्षाको कारण देखाउँदै संगै बस्न नसक्ने भन्दै डिभोर्स फाईल गरेकीछिन् । अब केही दिनमा नै डिभोर्सको अन्तिम निर्णय हुनेछ ।
शिल्पाले छबिसंगको सम्बन्ध बाहिरिएपछि आएको प्रतिक्रियाहरुमा पनि चित्त दुखाएकीछिन् । उनले छबिसंग पैसाको लागि बिवाह गरेको भन्नेहरुलाई उनले आफु हुने खानेकै छोरी भएको , र आफनो बुवा आमाको अरु सन्तान नभएकोले आफुलाई कसैको सम्पत्तिको कुनै लोभ नभएको भन्दै खण्डन गरेकीछिन् ।
यता छबिले भने शिल्पा आए श्रीमतीको रुपमा स्वागत गर्ने यदि सम्बन्ध फेरी जोडिन नसके शिल्पापछि अरु बिवाह नगर्ने घोषणा नै गरेका छन् ‘।
प्रतिक्रिया