काठमाडौं- भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले तीन करोड रुपैयाँ लिएकी छन्।
उक्त रियालिटी सोको प्रिमियर १२ जुनमा गरिएको थियो । करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको हो।
अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक भुक्तानी गरेको छ।
करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारिश्रमिक पाउनु राम्रो कुरा हो । टेलिभिजनमा अझै बढी मेहनत गर्नुपर्ने र आफू त्यसका लागि तयार भएको पनि उनले बताएकी छन्।
बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन् । तर करिनाले यो घेरा तोडेकी छन्। टीभी सोका साथै करिना अक्षय कुमार, दिलजित दोसाँझ र कियारा अड्वानी स्टारर फिल्म ‘गुड न्युज’मा पनि देखिँदै छिन्।
प्रतिक्रिया