गोरखा- गोरखा नगरपालिका–५ पदेँलीथोकमा खानेपानीको समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । गाउँमा पिउने पानी उपलब्ध नहुँदा १५ मिनेट लगाएर छिमेकी गाउँमा पानी भर्न जानुपर्ने बाध्यता रहेको स्थानीय तेजकुमारी नेपालीले गुनासो गरिन ।
‘चारधारेमा पानी लिन जानु पर्छ, अहिले त धारो बढेको छ खासै पालो कुर्नु पर्दैन’उनले भनिन्, ‘अस्तिनै तिर त एक डेढ घण्टा सम्म बस्नु पर्थो ।’गाउँमा भएको एउटा कुवापनि सुके पछि दुई गाग्रीपानी समेत जम्मानहुने अबस्थामा पुगेको उनले बताईन ।
सरोकारवाला निकायमा आग्रह गर्दा कसैले नसुने पछि अहिले करिब १० घर स्थानीयलाई निकै सास्ती भएको छ । ‘पानी आएको दिनमा कुवा भरिन्छ, तर पानी धमिलो हुन्छ । अरु दिनमा २(३ गाग्री पनि जम्मा हुँदैन’उनले भनिन् ‘धमिलो पानी खाने कुरा आएन लुगा कपडा धुन, भाडा माझ्न प्रयोग गछौं ।’ केहीवर्ष अघि गाउँमा थिको मुहानबाट पानी ल्याएर स्थानीयलाई वितरण गरिएको थियो ।
आवश्यक रेख देख र मर्मत संहार नभएका कारण अहिले उक्त समस्या आइ परेको सो क्षेत्रका सामाजिक अगुवा रामजी कट्टेलले बताए । ‘केहीवर्ष अघि यहाँ पानी ल्याएको थियो, पानी त आयो तर आवश्यक रेखदेख हुन सकेन’ उनले भने ‘ट्याङ्की पनि चुइयो, पाइप लाइन कहाँ पुगे, यो गाउँमा पानीआउनअबस्था छैन् ।’
करिब १० घर दलित समुदायको बसोबास रहेको उक्त गाउँमा खानेपानीको समस्या हुँदा स्थानीय छिमेकी गाउँ अर्थात चार धारेको पानी बोकेर खान बाध्य भएका छन् ।
गोरखा समाचारदाताबाट
प्रतिक्रिया