+
Search

ताजा अपडेट +

पपुलर +

रेखाकाे पहलमा अपाङ्ग भुजेल परिवारले पाए घर

4KNationalDaily
२०७६ श्रावण २, बिहीबार १०:३७ बजे

गोरखा- गण्डकी गाउँपालिका–३ फुजेल याङदीका अपाङ्गता भएका भुजेल परिवारले घर पाएका छन् । सामाजिक क्षेत्रमा सक्रिय रेखा तामाङ्गकाे नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सङ्कलित रकमले भुजेल परिवारले घर पाएका हुन् ।

रेखाले सामाजिक सञ्जाल मार्फत घर निर्माणका लागि चलाएको अभियान मार्फत १२ लाख २७ हजार ४ सय ९१ रुपैयामा संकलन भएकाे बताइन् । उक्त रकम मध्ये १० लाख ८५ हजार ४९४ रुपैया घर निर्माण तथा अन्य व्यवस्थापनमा खर्च भएको छ ।

बाकी रहेको एक लाख ४१ हजार रकममा गण्डकी गाउँपालिकाबाट ५० हजार थप गरी एक लाख ९१ हजारको अक्षयकोष स्थापना गरिएको  छ । उक्त रकम स्थानीय जनप्रतिनिधीलाइ जिम्मा लगाइएको छ । उक्त कोषबाट आउने व्याजको रकम उक्त परिवारलाइ उपलब्ध गराइने बताइएको छ ।

२०७४ सालमा वैदेशिक रोजगारमा गएको एक स्थानीय साथी मार्फत गोर्खाका एकै परिवारका चार जना अपाङ्ग अशक्त भएको, घरबास र खाने गाँस नभएको थाहा पाएकी रेखाले त्यो परिवारको खोजी गर्न थालिन् ।

जसरि नि आफुले उक्त परिवारलाई केहि सहायता गर्ने यदि कोहि सहयोगी हात नभेटिए एक्लैले भएनी सहयोग गर्ने अठोट सहित त्यो परिवारको खोजिनीति गर्दै उनीहरुको बसोबास भएको ठाउँमा पुग्दा रेखाको कोमल मन निक्कै पग्लियो । ९० वर्षीय दलबहादुर भुजेल लगायत तीनजना छोराछोरीको अवस्था देख्दा रेखाले मन थाम्नै सकिनन् ।

हिड्न नसक्ने घिर्सिएर बल्ल बल्ल हिड्ने भुजेल परिवारसँग कुरा गर्न खोज्दा उनीहरु सुरुमा बोल्न चाहेनन् । रेखाले अनुनय विनय गरेपछि बृद्ध दलबहादुरले आफु बुढो भएको भन्दै छोराछोरीको लागि टाउको ढाक्न ओत लाग्ने (घर) चाहिएको बताएपछि रेखाले बाचा गरेको २ वर्षमा भुजेल परिवारले एउटा अपाङ्ग मैत्री चार कोठे घर पाएको छ ।

रेखासँग घर माग्ने दलबहादुर र उनकी अपाङ्ग छोरी देवीमाया भुजेलले मुत्यु भएकाे छ । अभियान अन्तर्गत हाल सम्म १२५ जनाले प्रतिव्यक्ति एक हजार देखि एक लाख ४१ हजारसम्म नगद र ११ जनाले जिन्सी सामान सहयोग गरेका छन् ।

त्यस्तै अपाङ्गता दाजुभाईलाई तरकारी खेतिका लागी दुइ लाख बराबरको ग्रिन हाउस निर्माण गरिदिने गण्डकी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मन्त्री लेख बहादुर थापाले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily