काठमाडाैं- नेपाली नारीहरुको माहान चाड हरितालिका तीज गीतहरु अहिले बजारमा प्रशस्त आइसकेका छन् । केहि आउन पनि बाँकी रहेको छ ।
तर यसरी बजारमा आएको गीतहरुमा पनि जसरी भए पनि पृथकता दिन सकिएन भने श्रोता तथा दर्शकहरुको मन जित्न गाह्रो भएको छ ।
यसैलाई ध्यानमा राखेर पछिल्लो समयमा निकै चर्चामा रहेको टिकटकको सेरोफेरोलाई केन्द्रित गर्दै बिनोद ढकाल र कमला कुमालको संयुक्त प्रस्तुति ‘टिकटक गर्न आउ’ बोलको गीत सार्बजनिक भैसकेको छ ।
यसरी चर्चामा आएको टिकटकले कतिलाई फाइदा पनि पुर्याएको छ भने कतिको ध्यान एकोहोरो बनाएर कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं गराएको छ ।
प्रस्तुत गीत आफ्नो काम नै छोडेर टिकटकमा रमाउने बिकृति बिरुद्धको ब्यङग्यत्मक झटारो हो । म्युजिक ल्याब प्रालिले बजारमा ल्याएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई ब्यङग्यत्मक रुपामा बिनोद ढकालले लेखेका हुन् भने लय पनि ढकाल कै रहेको छ ।
‘टिकटक गरौँ आउ’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय: पवन खतिवडा (म्याकुरि), शुशिला निरौला ( बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, वि.पि. सुवेदी,सर्जु श्रेष्ठ तथा साथिहरु रहेको छ ।
यस गीतको म्पयुजिक भिडियोलाई परिकल्पना : विनोद ढकाल, निर्देशन: लक्ष्मण श्रेष्ठ, क्यामेरा रामकृष्ण चौलागाईं, सम्पादन रोशन धितालले गरेका छन् ।
प्रतिक्रिया