+
Search

ताजा अपडेट +

पपुलर +

कारागारभित्र कैदीको साथमा यस्ताे जासुसी पेन क्यामरा !

4KNationalDaily
२०७६ श्रावण ४, शनिबार ०९:०५ बजे

काठमाडौं- बझाङ जिल्ला कारागारमा रहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ।

६ महिनाअघिको विषयमा कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षास्थितिसम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेल राजेन्द्र बहादुर बोहोराले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily